प्रेमी-प्रेमी र भाइबीच घण्टौंसम्म चल्यो हाई भोल्टेज ड्रामा
प्रेमी-प्रेमी र भाइबीच घण्टौंसम्म चल्यो हाई भोल्टेज ड्रामा


हरिद्वार, 23 अक्टोबर (हि.स.)। एक प्रेमी-प्रेमिकाको हाई भोल्टेज ड्रामा मंगलौर राजमार्गमा देख्न पाइयो। युवती आफ्नो प्रेमीसित जाने जिदमा अडिग थिई भने उसको भाइ बीच सड़कमा बाटो छेेकेर बसेको थियो। हेर्दा-हेर्दै मामिला बढ़्दै गयो जसले गर्दा प्रेमीले रिसले आफ्नै टाउकोमा ईंटाले प्रहार गऱ्यो। हाइवेमा कोकोहोलो मचियो। स्थानीय मानिसहरूको भीड़ एकत्र भयो।

प्रत्यक्षदर्शीहरू अनुसार युवती आफ्नो प्रेमीसित बाइकमा सवार भएक कतै गइरहेकी थिई भने उसको भाइले त्यहाँ पुगेर दुवैलाई रोक्यो। बीच सड़कमा दुईमाझ बहस शुरू भयो र युवकले आक्रोशमा आएर ईँटाले आफ्नै टाउकोमा प्रहार गऱ्यो। युवक रगताम्मे भयो। युवकको यस्तो अवस्था देखेर प्रेमिका चर्को स्वरले चिच्याउन थाली, यतिकैमा त्यहाँ भीड़ ओइरियो।

सूचना पाउनसाथ मंगलौर पुलिस घटनास्थलमा पुगेर भीड़लाई तितर-बितर बनाइदियो। पुलिसले प्रेमी-प्रेमिका र भाइलाई हिरासतमा लिएर कोतवालीमा लिएर आयो। प्रारम्भिक जाँचमा यो मामिला तीन वर्ष पुरानो प्रेम सम्बन्धसित जोड़िएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande