केदारनाथ (उत्तराखण्ड), २३ अक्टोबर (हि.स.)। श्री केदारनाथ धामका कपाट आज बिहान ठीक ८ः३० बजे वैदिक मन्त्रोच्चारण, पूजा–अर्चना तथा धार्मिक परम्पराअनुसार शीतकालका लागि बन्द गरिएको छ। कपाट बन्द गर्ने प्रक्रिया बिहान ४ बजे विशेष पूजा–अर्चनासँगै सुरु गरिएको थियो।
यस अवसरमा मुख्यमन्त्री पुष्कर सिंह धामी, रुद्रप्रयागका जिल्ला अधिकारी प्रतीक जैन, पुलिस अधीक्षक अक्षय कोंडे, बीकेटीसीका मुख्य कार्यकारी अधिकारी विजय थपलियाल, तीर्थ पुजारीहरू र भक्तजनहरू उपस्थित थिए।
कपाट बन्द भएपछि बाबा केदारनाथको डोली ओंकारेश्वर मन्दिर, ऊखीमठतर्फ प्रस्थान गरेको छ। डोलीको पहिलो बास रामपुरमा हुनेछ। भोलि डोली गुप्तकाशी पुग्नेछ र २५ अक्टोबरमा आफ्नो गद्दीस्थान ओंकारेश्वर मन्दिर, ऊखीमठमा पुग्नेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी