दिल्लीको रोहिणीमा भिडन्त, बिहारका चार वाञ्छित अपराधी मारिए
दिल्लीको रोहिणीमा भिडन्त, बिहारका चार वाञ्छित अपराधी मारिए


नयाँ दिल्ली, २३ अक्टोबर (हि.स.)। दिल्लीको रोहिणी क्षेत्रमा दिल्ली पुलिस र बिहार पुलिसको संयुक्त टोलीले बुधबार राति बिहारका चार कुख्यात अपराधीलाई भिडन्त (गोलीकाण्ड) मा मारेको छ। यो भिडन्त रोहिणीको बहादुर शाह मार्गमा रहेको डा. अम्बेडकर चौकदेखि पंसाली चौकसम्म चलेको थियो।

संयुक्त पुलिस आयुक्त (अपराध) सुरेन्द्र कुमारका अनुसार, मारिएका चार जनाको पहिचान रञ्जन पाठक (२५ वर्ष), बासिन्दा मलहई थाना सुरसण्ड, जिल्ला सीतामढी (बिहार), विमलेश महतो उर्फ विमलेश साहनी (२५ वर्ष), बासिन्दा रतनपुर थाना बजपट्टी, जिल्ला सीतामढी (बिहार), मनीष पाठक (३३ वर्ष), बासिन्दा मलहई थाना सुरसण्ड, जिल्ला सीतामढी (बिहार) र अमन ठाकुर (२१ वर्ष), बासिन्दा शेरपुर, करावल नगर, दिल्लीको रूपमा गरिएको छ।

यी अपराधीहरूले पछिल्ला तीन महिनामा बिहारको सीतामढी क्षेत्रमा पाँच ठूला आपराधिक घटनाहरू अंजाम दिएका थिए। उनीहरू गोलाबारी गरेर दिउँसै हत्या र सुपारी हत्या गर्ने गिरोहका सदस्य थिए।

रञ्जन पाठक हत्या, रंगदारी (जबरजस्ती असुली) र लूटपाट जस्ता धेरै गम्भीर अपराधहरूमा संलग्न थियो र उसले “सिग्मा एण्ड कम्पनी” नामक ग्याङ चलाएको थियो। यस ग्याङले बिहारको सीतामढी र वरपरका क्षेत्रमा पाँच उच्चस्तरीय हत्या घटनाहरू अंजाम दिएको थियो। बिहार पुलिसले रञ्जन पाठकमाथि २५ हजार रुपियाँको इनाम तोकेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande