प्रधानमन्त्री मोदीले आसियान शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने
प्रधानमन्त्री मोदीले आसियान शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने


नयाँ दिल्ली, २३ अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आसियान-भारत शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन्। २६ देखि २८ अक्टोबरसम्म आयोजना हुने यस दक्षिणपूर्वी एसियाली देशहरूको समूहको शिखर सम्मेलनमा यस पटक प्रधानमन्त्रीको सट्टा विदेश मन्त्रीले भारतको प्रतिनिधित्व गर्नेछन्।

प्रधानमन्त्री मोदीले बिहिबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसबारे जानकारी साझा गरेका छन्। उनले भने, “मेरो प्रिय मित्र मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमसँग न्यानो संवाद भयो। उनीलाई मलेसियाको आसियान अध्यक्षताका लागि बधाई दिएँ र आगामी शिखर सम्मेलनहरूको सफलताका लागि शुभकामना व्यक्त गरेँ। आसियान-भारत शिखर सम्मेलनमा भर्चुअल रूपमा सहभागी हुने र आसियान-भारत व्यापक रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउन उत्साहित छु।”

उल्लेखनीय छ, यस शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुनेछन्। बिहार चुनाउको कारण आउने केही दिनमा प्रधानमन्त्रीको कार्यक्रम निकै व्यस्त हुने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande