
हरिद्वार, 23 अक्टोबर (हि.स.)। प्रसिद्ध भागवताचार्य अवधेश मिश्राको मधुर वाणीले सजिएको भजन “तनिक हरि देखो म्हारी और“- को लोकार्पण हर की पौड़ीमा श्री गंगा सभा कार्यालयमा गंगा सभाका पदाधिकारीहरूले गरे।
यस अवसरमा हर की पैड़ीको प्रबन्धकारिणी संस्था श्री गंगा सभाका अध्यक्ष नितिन गौतम र महामन्त्री तन्मय वशिष्ठले भने, अवधेश मिश्रा प्रसिद्ध कथा वाचक त हुन् नै अब उनीद्वारा मीराबाईका पदहरूलाई भजनको रूपमा दिइएको छ जुन आफै-आफमा अनौठो छ। हरकी पौड़ीमा गंगाजीको पवित्र धारासँगसँगै यस भजनरूपी धाराको जुन आज समागम भएको छ, त्यसको लागि हामी अवधेश मिश्रालाई बधाई तथा साधुवाद दिन्छौं।
कार्यक्रममा श्री गंगा सभाका उपाध्यक्ष मनोज झा , स्वागत मन्त्री सिद्धार्थ चक्रपाणि , गंगा सेवक दलका सचिव उज्जवल पण्डित , पराग मिश्रा,अंकुर पालीवाल , आयुष ठेकेदार , राकेश मिश्रा , अवनीश भगत , आयुष मिश्रा , अभिनन्दन गुप्ता , प्रवीण सिंघल आदि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा