कोलाघाटमा होजियरी कारखानामा भयानक आगलागी, लाखौंको सामान जलेर खरानी
कोलाघाटमा होजियरी कारखानामा भयानक आगलागी, लाखौंको सामान जलेर खरानी


पूर्व मेदिनीपुर, 23 अक्टोबर (हि.स.)। जिल्लाको कोलाघाट थाना अन्तर्गत कुमारहाट क्षेत्रमा बिहीवार बिहान एक होजियरी (कपड़ा) कारखानामा भयानक आगो लागेर भागाभाग भयो। घटना बिहान लगभग 6 बजे भएको हो।

स्थानीय मानिसहरू अनुसार अचानक धुँवा र आगो देखेपछि तुरून्त पुलिस र दमकललाई सूचना दियो। सूचना पाएर कोलाघाट थाना पुलिस अनि दमकलका दुई वटा वाहन घटनास्थलमा पुगेर कड़ा परिश्रम गरी आगोलाई नियन्त्रण गऱ्यो। तथापि आगोले कारखानाको ठूलो भागलाई जलाइसकेको थियो।

प्राथमिक जाँचमा शर्ट सर्किटको कारणले आगलागी भएको मानिँदैछ। तर कतिपय स्थानीय मानिसहरूले शंका व्यक्त गरेका छन्, भोर बिहान त्यहाँ पटाकाहरू पड़ाइकहेको थियो जसबाट आगलागी भएको हुनसक्छ।

पूर्व मेदिनीपुर होजियरी मजदूर यूनियनका जिल्ला सल्लाहकार नारायणचन्द्र नायकले बताए, थोरै समयमै आगो फ्याक्ट्रीभरि फैलियो। सबै मशिन र काँचो पदार्थ जलेर नष्ट भएको छ। यस घटनामा लाखौं रुपियाँको नोक्सान भएको अनुमान लगाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande