
उज्जैन, 23 अक्टोबर (हि.स.)। मिस इण्डिया- 2024 निकिता पोरवाल बिहीवार भोर बिहान श्री महाकालेश्वर मन्दिरमा पुगेर भस्म आरतीमा सामेल भइन्। यस अवधि उनी पूर्ण रूपले बाबा महाकालको भक्तीमा लीन भइन्।
निकिता पाेरवाल बिहीवार भोर बिहान लगभग 4 बजे महाकाल मन्दिरमा पुगिन् अनि नन्दीद हलमा बसेर लगभग दुई घण्टासम्म भस्म आरतीमा सामेल भइन्। आरतीपछि निकिताले नन्दीजी र भगवान महाकालको दर्शन गरिन्। उनले मन्दिरमा देशको सम्मान अनि मिस वर्ल्ड प्रतियोगितामा भारतको जीतको निम्ति प्रार्थना गरिन्। दर्शन गरेपछि मीडियासित बातचित गर्दै उनले भनिन्,उनलाई सानैदेखिको भगवान महाकालप्रति गरिरो आस्था छ र हरेक ठूलो उपलब्धिपछि उनी सबैभन्दा पहिला महाकालको मन्दिरमा आएर आशीर्वाद लिने गर्दछन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा