
कटिहार, 23 अक्टोबर (हि.स.)। बिहार विधानसभा चुनाउ-2025 लाई मध्यनजर गर्दै आदर्श आचार संहिताको अनुपालन तथा विधि व्यवस्था सुनिश्चित गर्नको लागि पुलिस अधीक्षकको निर्देशमा जिल्लाका विभिन्न थाना क्षेत्रहरूमा निरन्तर गहन जाँच गरिँदैछ।
यसै क्रममा मुफ्फसिल क्षेत्रमा फ्लाइंग स्क्वाड टीमद्वारा 2,40,000 रुपियाँ नगद जफत गरियो। उक्त राशिलाई लिएर सम्बन्धित व्यक्तिलाई वैध दस्तावेज र प्रमाण पेश गर्ने अनुरोध गरियो, तर उसले कुनै दस्तावेज देखाउन सकेन, न त कुनै सन्तोषजनक जवाफ नै दिदन सक्यो। त्यसैले नगद राशिलाई विधिसम्मत प्रक्रिया अन्तर्गत जफतीको सूची बनाएर जफत गरियो।
पुलिसले बतायो, यो कारबाही आदर्श आचार संहिताको उल्लंघनलाई रोक्न र निष्पक्ष चुनाउ सुनिश्चित गर्नको लागि गरिँदैछ। कटिहार पुलिसले यो अभियानलाई जारी राख्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा