जाली प्रमाण पत्र मामिलामा एक पक्राउ, मुख्य आरोपी अहिले पनि भागेको छ
जाली प्रमाण पत्र मामिलामा एक पक्राउ, मुख्य आरोपी अहिले पनि भागेको छ


सिलगढ़ी, 23 अक्टोबर (हि. स.)। जाली जन्म तथा मृत्यु प्रमाण पत्र मामिलामा मुख्य आरोपी पार्थ साहाका सहयोगीलाई पक्राउ गरिएको छ। गए बुधवार राती डेटा एन्ट्री अपरेटर नवजीत गुहा नियोगीीलाई खोरीबाड़ी पुलिसले पक्राउ गऱ्यो भने बिहीवार आरोपीलाई सिलगढ़ी अदालतमा पेश गरियो जहाँ न्यायाधीशले आरोपीलाई चार दिनको पुलिस रिमाण्डमा पठाइदियो।

वास्तवमा खोरीबाड़ी ग्रामीण अस्पतालमा जाली एवं जन्म प्रमाण पत्र बनाएको आरोप डेटा एन्ट्री अपरेटर पार्थ साहामाथि लागेको थियो। त्यसपछि ब्लक स्वास्थ्य अधिकारीले 18 अक्टोबरको दिन खोरीबाड़ी पुलिस थानामा डेटा एन्ट्री अपरेटर पार्थ साहाविरूद्ध लिखित सिकायत दर्ता गराइयो। आरोपीमाछि 450 वटा जन्म एवं मृत्यु प्रमाण पत्र बनाएको आरोप छ। आरोपीमाथि प्रत्येक प्रमाण पत्रको दश हजार रुपियाँ असुल गरेको आरोप पनि छ। यस मामिलामा मुख्य आरोपी पार्थ साहाको सहयोगी नवजीत गुहा नियोगीको नाम सामु आएपछि नक्सलबाड़ी बीडीओ कार्यालयको बंगला सहायता केन्द्रका डेटा एन्ट्री अपरेटर मञ्जीत गुहा नियोगीलाई पक्राउ गरियो। तथापि आऱोपीले आफूमाथि लगाइएको आरोपलाई निराधार बताएको छ भने मुख्य आरोपी पार्थ साहा अहिले पनि भागेको छ जसलाई पुलिसले खोजिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande