
कटिहार, 23 अक्टोबर (हि.स.)। जिल्ला निर्वाचन पदाधिकारी-सह-जिल्लाधिकारी, कटिहारको अध्यक्षतामा बिहार विधानसभा निर्वाचन- 2025 को अवसरमा प्रतिनियुक्त हुने विभिन्न श्रेणीहरूका मतदान कार्मीहरूको द्वितीय ऱ्याण्डमाइजेशन प्रक्रिया सम्पन्न भयो।
जिल्ला निर्वाचन पदाधिकारीले द्वितीय रेण्डमाइजेशनद्वारा मतदान कार्यमा प्रतिनियुक्त हुने कर्मीहरूको मतदान दल गठन गर्दै सम्बन्धित विधानसभा आवन्टन गऱ्यो।
कटिहार जिल्लाका सात वटा विधानसभा क्षेत्र अन्तर्गत 2542 वटा मतदान केन्द्रहरू (संरक्षित 272)-मा प्रतिनियुक्तिको निम्ति महिला एवं पुरूष गरी 12382 कर्मीहरूको द्वितीय नियुक्ति पत्र यस रेण्डमाइजेशन प्रक्रियाद्वारा अनुमोनित गरिएको छ।
मतदान केन्द्रहरूमा सामान्य मतदान केन्द्र-2148 (संरक्षित-218), मिश्रित मतदान केन्द्र-365 (संरक्षित-39), दिव्यांग मतदान केन्द्र-7 (संरक्षित-7), युवा मतदान केन्द्र-1 (संरक्षित-1) एवं महिला मतदान केन्द्र-21 (संरक्षित-7) सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा