बालुरघाटमा लजको आड़मा चलिरहेको थियो सेक्स ऱ्याकेट, दुई पक्राउ
बालुरघाटमा लजको आड़मा चलिरहेको थियो सेक्स ऱ्याकेट, दुई पक्राउ


दक्षिण दिनाजपुर, 23 अक्टोबर (हि. स.)। जिल्लाको बालुरघाट शहरको वार्ड नम्बर- 11 स्थित एक निजी लजमा पुलिसले बिहीवार छापा मारेर सेक्स ऱ्याकेटको भण्डाफोर गऱ्यो। गुप्त सूचनाको आधारमा बालुरघाट थाना पुलिसले छापा मारेर एकजना युवती र एकजना युवकलाई पक्राउ गऱ्यो अने लज म्यानेजर सहित दुईजनालाई पक्राउ गऱ्यो। घटनाको खबर फैलिनसाथ स्थानीय मानिसहरूले लजमा तोड़फोड़ गरी ताला लगाइदिए। आरोप छ, यहाँ विगत लामो समयदेखिकै अवैध धन्दा चल्दै आइरहेको थियो। पुलिसले अब यो जाँच गरिरहेको छ कि लज मालिक वा अन्य पनि यसमा सामेल छ कि छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande