
सिलगढ़ी, 23 अक्टोबर (हि.स.)। डाबग्राम फुलबाड़ीबाट भाजपा विधायक शिखा च्याटर्जीले एनजेपी एडीआरएम कार्यालय सामु प्रदर्शन गरिरहेका व्यापारीहरूसित बिहीवार भेट गरेकी छन्।
वास्तवमा रेलवेले लगभग 25 जना व्यापारीहरूलाई एनजेपी पुलिस थाना सामु रेलवेको जमीनलाई खाली गर्ने आदेश दिएको छ जहाँ व्यापारीहरूले दशकौंदेखि व्यापार गर्दै आइरहेका छन्। व्यापारीहरूले चेताउनी दिएका छन्, जबसम्म उनीहरूको पुनर्वासको व्यवस्था हुँदैन तबसम्म उनीहरू त्यहाँबाट हट्ने छैनन्। विधायक च्याटर्जीले धरनामा बसेका व्यापारीहरूसित भेट गरी उनीहरूको मागलाई सुनिन्।
विधायक शिखा च्यटर्जीले व्यापारीहरूको पुनर्वासको माग गर्दै रेलवे अधिकारीहरूलाई पत्र लेख्ने आश्वासन दिएकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा