
बाँकुड़ा, 23 अक्टोबर (हि. स.)। जिल्लाको विष्णुपुर नगरपालिकाको वार्ड नम्बर- 15 स्थित छुतरबुड़ी बैलापाड़ा क्षेत्रमा बिहीवार एकजना युवकको शवलाई तलाउबाट उद्धार गरियो। स्थानीय सूत्रानुसार मृतकको पहिचान तारा कर्माकारको रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार तारा कर्मकार बुधवार राती नौ बजेदेखि यता बेपत्ता भएका थिए। केही मानिसहरूले तिनलाई तलाउमा झरेको देखेर तुरून्त घरमा खबर दिए। खबर पाएर स्थानीय मानिसहरू तलाउभित्र पसेर उसलाई खोज्न शुरू गरे। डिजास्टर म्यानेजमेन्ट टीम पनि घटनास्थलमा पुग्यो अनि रातभरि खोजी गरेपछि बिहीवार बिहान तलाउबाट ताराको शव उद्धार गऱ्यो।
विष्णुपुर थानाको पुलिसले बतायो, अहिले यो स्पष्ट भएको छैन कि युवकको मृत्यु दुर्घटना थियो वा यसको पछाड़ि अन्य कारण छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा