
पश्चिम मेदिनीपुर, 23 अक्टोबर (हि. स.)। भाइटीकाको दिन एकातिर घरमा चेली-माइतीको स्नेहको पर्व मनाइरहेको थियो भने अर्कोतिर पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुरमा इन्दा बोइज स्कूल क्षेत्रको गुड़ी पोखरपाड़ास्थित घोश परिवारको घरबाट एक जना युवकको गलफन्दामा झुण्डिरहेको शव भेटिएको छ। मृतकको नाम कौशिक घोष हो। घटनापछि क्षेत्रमा शोक अनि सन्त्राष फैलिएको छ।
प्राप्त जानकारी अनुसार कौशिककी दिदी रूपालीको विवाह भइसकेको थियो, तर प्रत्येक वर्ष झैं यसपालि पनि उसले भाइटीकाको तयारी गरेकी थिइन्। तर अचानक भाइको मृत्यु भएको खबर पाएर तत्कालै माइत गएकी रूपाली रोएर अचेत भएकी छन्।
मृतककी दिदी रूपालीलेआरोप लगाइन्, कौशिकको एक जना विवाहिता महिलासित प्रेम सम्बन्ध थियो जसको दुई जना सन्तान पनि छ। ती महिलाले सदैव कौशिकसित महँगो उपहार माग्ने गर्दथी जसले गर्दा कौशिकमाथि आर्थिक दबाव बढ़्दै गइरहेको थियो। कौशिकले एउटा पसलमा सामान्य काम गर्थे। उसलाई बारम्बार आफ्नी दिदी र आमासित पैसा माग्नुपर्थ्यो। प्रेमिकाको माग पूरा नभएको दिन उसले कौशिकलाई ब्ल्याकमेल गर्थी। यसै मानसिक दबावमा आएर कौशिकले यस्तो हानिकारक कदम उठाएको हो। दिदी रूपालीले खड़गपुर थानामा दर्ता लिखित सिकायतको आधारमा पुलिसले जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा