
सम्भल, 23 अक्टोबर (हि.स.)। सम्भलको केला देवी थाना क्षेत्रको शकरपुर गाउँमा बिहिवार जमीन विभाजनलाई लिएर दुई भाईबीच पुरानो विवाद कुटपिटमा परिणत भयो। एक भाईले आफ्नो छोराहरूको साथ मिलेर दोस्रो भाई र भाज्यूमाथि डन्डाले हमला गरेको आरोप छ। हमलामा दम्पत्ति गम्भीर रूपमा घाइते भए। दुवैलाई उपचारको निम्ति अस्पताल पठाइएको छ। पुलिसले पीड़ित पक्षको शिकायतमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
शकरपुर गाउँ निवासी राजकुमार पुत्र अजय पालको आफ्नो भाई धर्मपाल र भतीजहरू रवि र केशवसित पैतृक जमीनको विभाजनलाई लिएर लामो समयदेखि विवाद चलिरहेको छ। लगभग एक महिना अगाड़ीपनि यही मामिलामा दुवै पक्षबीच भनावैरी र कुटिपटि भएको थियो, जसलाई गाउँका बुजुर्गहरूले शान्त गराएका थिए।
बिहिवार एक पल्ट फेरि विवाद भड्कियो। हेर्दा हेर्दै दुवै पक्ष मुखामुखी परे औं भनावैरी कुटपिटमा परिणत भयो। धर्मपाल आफ्नो छोराहरूको साथ डन्डा लिएर पुगेको र राजकुमार र उसकी पत्नी बीनामाछि हमला गरेको आरोप छ। पति र पत्नी गम्भीर रूपमा घाइते भए र पछि दुवैले थाना पुगेर घटनाको जानकारी दिए। थाना प्रभारीले बताए, घाइतेहरूलाई उपचारको निम्ति अस्पताल पठाइएको छ। पीड़ितको शिकायतमा मामिला दर्ता गरिएको छ। मामिलाको जाँच जारी छ र दोषीहरू विरूद्ध सख्त कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी