
वाराणसी, 23 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको वाराणसी जैतपुरा थाना क्षेत्रको जलालीपुरामा बिहिवार एक 25 वर्षीय युवकको टाउको कुल्चेर निर्मम हत्या गरियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घटनास्थल र वरपर फोरेन्सिक टीमको साथ छानबीन र सोधपुछ गरी शवलाई पोस्टमार्टमको निम्ति पठायो। मृत युवकको पहिचान सरैया निवासी नौशादको रूपमा गरिएको छ।
जैतपुरा थाना प्रभारी ब्रजेश मिश्रा अनुसार, घटनास्थलमा प्रारम्भिक जाँच र छानबीनमा युवकको टाउकोमा भारी वस्तुले हमला गरिएको थाहा लागेको छ। अहिले हत्यामा प्रयोग गरिएको वस्तु जफत गरिएको छैन। पुलिस टीमले वरपरका सीसीटीभी क्यामराको फुटेजको जाँच गरिरहेको छ। ताकि आरोपीहरूको पहिचान हुनसकोस्।
उनले बताए, युवकको हत्या कुनै शत्रुता वा विवादको कारण गरिएको हो। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको सही कारणहरूको पुष्टि हुनसक्नेछ। क्षेत्रका मानिसहरूको भनाई थियो, नौशादको क्षेत्रका केही युवकहरूसित केही दिन अगाड़ी विवाद भएको थियो। अहिले पुलिसले केही संदिग्ध युवकहरूलाई हिरासतमा लिएर उनीहरूसित सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी