
गान्तोक, 23 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सोरेङ जिल्ला अन्तर्गत फुन्चेबुङका दिवंगत लामा हिस्से वाङ्गदी लेप्चाको घर पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
यसैगरी, मुख्यमन्त्रीले सोरेङ जिल्लाको सिङलिङ ओगेङ्गका दिवंगत ऐतसिंह सुब्बाको परिवारसॅंग पनि भेट गरेका छन्। उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल