
कुलगाम, 23 अक्टोबर (हि.स.)। पीपुल्स डेमोक्रेटिक पार्टीका उपाध्यक्ष सरताज मदनीले बिहीवार भने, पार्टीले जम्मू-कश्मीरको आगामी राज्यसभा चुनाउको लागि आफ्नो रणनीति त्यसबेला मात्र तय गर्नेछ जतिबेला विधानसभामा पेश विधेयकहरूमाथि नेशनल कन्फ्रेन्सले फसेला लिनेछ।
पत्रकारहरूसित बातचित गर्दै मदनीले भने, उनी यसको निम्ति प्रतिक्षारत् छन् कि नेशनल कन्फ्रेन्सले विधेयकहरूमाथि के गर्छ। त्यसपछि मात्र कुनै कदम उठाइनेछ।
जम्मू-कश्मीर वक्फ बोर्डको प्रस्तावलाई रद्द गरिएकोमा उनले भने, पीडीपीलाई वर्तमान सरकारबाट त्यस्तो विशेष आशा केही छैन। उनले भने, हामीलाई यो सरकारबाट धेर आशा छैन, किनभने यो त्यसको सरकार हो जसको विधानसभा छ अनि अध्यक्ष पनि उसैको।
बडगाम उपचुनाउमाथि बोल्दै पीडीपी नेताले भने, वर्तमान सरकार गठन भएको एक वर्ष बितिसकेको छ र अब यो कुरा मानिसहरूमाथि निर्भर गर्नेछ कि उनीहरूले आफ्नो फसेला कसरी लिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा