रक्सी ठेकामा चोरी गर्ने चार आरोपी पक्राउ
रक्सी ठेकामा चोरी गर्ने चार आरोपी पक्राउ


जीन्द, 23 अक्टोबर (हि.स.)। गाउँ बेरीखेड़ामा रक्सी ठेकाको ताला तोड़ेर 17 हजार रूपियाँ नगदी तथा 60 अंग्रेजी रक्सीको बोतल चोरी गर्ने चार आरोपीलाई पिल्लूखेड़ा थाना पुलिसले पक्राउ गरेको छ। पुलिसले आरोपीहरूसित सोधपुछ गरिरहेको छ।

गाउँ बेरीखेड़ी रक्सी ठेकाका सेल्सम्यान रामभजले गत 21 अक्टोबरमा पुलिसलाई दिएको शिकायतमा बताएका थिए, राति उनी रक्सी ठेकालाई बन्द गरी खान खाना घर गए। केही समयपछि उनी जब फर्के तब रक्सी ठेकाको गेटमा लागेको ताला फुटेको थियो। भित्र क्यास बक्सबाट 17 हजार रूपियाँको नगदी तथा 60 अंग्रेजी रक्सीको बोतल हराएको थियो। रक्सी ठेकामा लागेको सीसीटीभी क्यामरा भत्केको थियो। पिल्लूखेडा थाना पुलिसले रामभजको शिकायतमा अज्ञात मानिसहरू विरूद्ध चोरी तथा तोड़फोड़को मामिला दर्ता गरेको थियो। पुलिसले जाँचलाई अगाड़ी बढ़ाउँदा गाउँकै नरेन्द्र, मोहन, अमन तथा सागरको नाम अघि आयो। पुलिसले कारबाही गर्दै चारै आरोपीलाई पक्राउ गऱ्यो। पुलिसले आऱोपीहरूसित सोधपुछ गरिरहेको छ।

बिहिवार जानकारी दिँदै पिल्लूखेड़ा थाना प्रभारी आशीषले बताए, आरोपीहरूलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ। जसलाई दुई दिनको पुलिस रिमान्डमा पठाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande