
श्रीनगर, 23 अक्टोबर (हि.स.)। राज्यसभा चुनाउपूर्व नेशनल कन्फ्रेन्सले बिहिवार आफ्ना विधायकहरूलाई तीन-लाइन व्हिप जारी गऱ्यो जसमा पार्टीले आफ्ना आधिकारिक उम्मेद्वारहरूको पक्षमा भोट दिने अनि मतदान गर्नदेखि पछि नहट्ने निर्देश दिएको छ।
एनसीका मुख्य सचेतक मुबारक गुलद्वारा जारी व्हिपमा विधायकहरूलाई भोलि राज्यसभाको लागि निर्धारित दिन, विधानसभामा उपस्थित रहने अनि पार्टीद्वारा नामित उम्मेद्वारहरूको पक्षमा मतदान गर्ने निर्देश दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा