
श्रीनगर, 24 अक्टोबर (हि.स.)। जम्मू-कश्मीरका विधायकहरूले शुक्रवार राज्यसभाको चुनाउमा भाग लिएर आ-आफ्नो मताधिकार प्रयोग गरे। 86 जना विधायकहरूले राज्यसभा चुनाउमा मतदान गरे। आआप विधायक मेहराज मलिक जो वर्तमानमा हिरासतमा छन्,- को डाक मतपत्र पनि निर्वाचन अधिकारी समक्ष आइपुगेको छ र यसलाई पनि मतगणनामा सामेल गरिनेछ।
राज्यसभा चुनाउको लागि मतदान समाप्त भएको भइसकेको छ। जम्मू-कश्मीर विधानसभामा हाल 88 जना विधायकहरू छन्। मेहराज मलिकले हिरासतबाटै डाक मतपत्रको माध्यमबाट मतदान गरे भने पीपुल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद गनी लोनले मतदानदेखि टाड़ा बस्ने फसेला गरे।
नेशनल कन्फ्रेन्सलाई कंग्रेस, पीपुल्स डेमोक्रेटिक पार्टी, माकपा र निर्दलीय विधायकहरूको समर्थन प्राप्त हुनको साथै गठबन्धनका विधायकहरूको संख्या 58 पुगेको छ जुन चारैवटा सीट जित्नको लागि पर्याप्त छ।
सत्तारूढ़ गठबन्धनका विधायक र निर्दलीय विधायकहरू विशेष गरी शेख खुर्शीद र शब्बीर कुल्लीका दाबीहरूलाई केन्द्र गर्दै भाजपालाई एउटा सीट जित्न पनि गाह्रो हुने सम्भावना देखिएको छ। गठबन्धनसित तेस्रो र चौथो सीटको लागि 29-29 भोट छ भने भाजपासित आफ्नो उम्मेद्वारको लागि 28 भोट छ।
त्यसैले भाजपाले त्यसबेला मात्र सीट जित्नसक्छ जतिबेला गठबन्धनको गुट एनसी, कंग्रेस, पीडीपी वा निर्दली विधायकहरूले क्रस भोटिंग गर्नेछन्। पीपुल्स कन्फ्रेन्सको चुनाउदेखि टाड़ा बस्ने फसेला मुख्यतः कुनै पनि क्रस भोटिंगको लागि दोषारोपणदेखि बच्ने र एसी र भाजपा दुवैदेखि टाड़ा बस्ने इच्छाबाट प्रेरित छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा