प्रख्यात विज्ञापन गुरु पियूष पाण्डेको निधन
प्रख्यात विज्ञापन गुरु पियूष पाण्डेको निधन


नयाँ दिल्ली, 24 अक्टोबर (हि.स.)। चर्चित विज्ञापन गुरु पियूष पाण्डेको शुक्रबार मुम्बईमा ७० वर्षको उमेरमा निधन भएको छ। सुहेल सेठले आफ्नो ‘एक्स’ अकाउन्टमार्फत उनको निधनको जानकारी सार्वजनिक गरेका हुन्।

भारतीय विज्ञापन जगतको रूप परिवर्तन गर्ने व्यक्तित्वका रूपमा चिनिने पियूष पाण्डेले ‘मिले सुर मेरा तुम्हारा’ गीतसँगै भारतीय जनता पार्टीका लागि चर्चित नाराहरू “अबकी बार मोदी सरकार” र “अच्छे दिन आने वाले हैं” सिर्जना गरेका थिए।

सुहेल सेठले शोक व्यक्त गर्दै लेखेका छन्, “मेरो सबैभन्दा प्रिय साथी पियूष पाण्डे जस्ता प्रतिभाशाली व्यक्तिको निधनबाट अत्यन्त दुःखी र स्तब्ध छु। भारतले केवल एक महान विज्ञापन व्यक्तित्व मात्र होइन, एक सच्चा देशभक्त र असल मानिस गुमाएको छ।”

पियूष पाण्डेको जन्म सन् १९५५ मा जयपुरमा भएको थियो। उनको परिवारमा नौ जना सन्तान थिए — सात छोरी र दुई छोरा। उनका दाजुभाइ–बहिनीमध्ये फिल्म निर्देशक प्रसून पाण्डे र गायिका–अभिनेत्री इला अरुण पनि छन्।

सन् १९८२ मा उनले ‘ओगिल्भी’ नामक विज्ञापन कम्पनीमा प्रवेश गरे। २७ वर्षको उमेरमा विज्ञापन जगतमा पाइला राख्दै उनले एशियन पेन्ट्स (“हर खुशी में रंग लाए”), क्याडबरी (“कुछ खास है”), फेविकोल, र हच जस्ता ब्रान्डहरूका लागि आवाज र विचारमार्फत विज्ञापन संसारमा नयाँ पहिचान स्थापित गरे।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande