
पटना, ३० अक्टोबर (हि.स.)।
बिहारमा भएको एक चुनावी सभाका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र छठ महापर्वबारे अमर्यादित टिप्पणी गरेको आरोपमा कांग्रेस नेता राहुल गान्धीविरुद्ध मुजफ्फरपुरको एक अदालतमा परिवाद (मुद्दा) दर्ता गरिएको छ। यो परिवाद अधिवक्ता सुधीर ओझाले दर्ता गरी राहुल गान्धीमाथि मुद्दा चलाउन र उनलाई पक्राउ गर्न माग गरेका छन्।
अधिवक्ता ओझाले आरोप लगाएका छन् कि राहुल गान्धीले मझौलिया हाटमा आयोजित चुनावी सभामा भनेका थिए, “प्रधानमन्त्री मोदी चुनाउ जित्नका लागि केही पनि गर्न सक्छन्। चुनाउ सकिएपछि उनी देखिँदैनन्। छठ पर्वमा प्रधानमन्त्रीले ड्रामा गरिरहेका छन्।”
ओझाका अनुसार, राहुल गान्धीको यो अभिव्यक्तिले करोडौं हिन्दूहरूको धार्मिक भावनामा चोट पुर्याएको छ। साथै, प्रधानमन्त्री मोदीको सम्मानमा ठेस पुर्याउने र देशलाई अपमानित गर्ने उद्देश्यले नै कांग्रेस नेताले यस्तो टिप्पणी गरेका हुन्।
शिकायतकर्ताले अदालतसँग राहुल गान्धीविरुद्ध बीएनएसएसको धारा 223 अन्तर्गत मुद्दा चलाउन र पक्राउ गर्न आदेश जारी गर्न माग गरेका छन्।
जानकारी अनुसार, २९ अक्टोबरमा कांग्रेस सांसद राहुल गान्धीले मुजफ्फरपुरको सकरास्थित मझौलिया हाटमा चुनावी सभा सम्बोधन गर्दै प्रधानमन्त्री मोदी र छठ पर्वबारे विवादास्पद बयान दिएका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी