अफगानिस्तानको सम्प्रभुता, क्षेत्रीय अखण्डताको निम्ति भारत पूर्ण रूपमा प्रतिबद्ध
अफगानिस्तानको सम्प्रभुता, क्षेत्रीय अखण्डताको निम्ति भारत पूर्ण रूपमा प्रतिबद्ध


नयाँ दिल्ली, 30 अक्टोबर (हि.स.)। भारतले पाकिस्तानको तर्फबाट जारी सीमापारी आतङ्कवाद स्वीकार्य़ नरहेको बताएको छ। भारतले अफगानिस्तान र भारत आफ्नो सम्प्रभुताको निम्ति पूर्ण रूपमा प्रतिबद्ध रहेकाे बताएकाे छ।

अफगानिस्तान र पाकिस्तानबीचको संघर्षको बारेमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहिबार भने, पाकिस्तानले कुनै दण्डबिनै सीमापारीबाट आतङ्कवादी गतिविधिहरू सञ्चालन गर्ने अधिकार छ भन्ने मानिलिएको जस्तो देखिन्छ। तर, यसका छिमेकीहरूले यसलाई स्वीकार्य गर्दैनन्। भारत अफगानिस्तानको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध छ।

उल्लेख्य, पाकिस्तान र अफगानिस्तानबीच संघर्षको स्थिति बनेको छ। दुवै देशबीच मध्यस्थता भएपनि सीमा र संघर्षका मुद्दाहरूमा वार्ता विफल रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande