
श्रीनगर, ३० अक्टोबर (हि.स.)।
जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले आतङ्कवादीहरूसँग सम्बन्ध रहेको आरोपमा दुई जना सरकारी शिक्षकलाई सेवाबाट बर्खास्त गर्ने आदेश दिएका छन्। यो जानकारी अधिकारीहरूले बिहिबार दिएका हुन्।
अधिकारीहरूका अनुसार, बर्खास्त गरिएका कर्मचारीहरूको पहिचान गुलाम हुसैन र माजिद इकबाल डारका रूपमा भएको छ। हुसैन रियासी जिल्लाको माहौर तहसीलको कलवा मुलास गाउँका निवासी हुन् भने डार राजौरी जिल्लाको खेओरा क्षेत्रको वार्ड नं. १ का निवासी हुन्।
अलग–अलग जारी गरिएको आदेशहरूमा भनिएको छ, घटनाका तथ्य र परिस्थितिहरूका साथै उपलब्ध सूचनाहरूको समीक्षा गरेपछि उपराज्यपाल यस निचोडमा पुगेका छन् कि दुवै कर्मचारीको गतिविधि सरकारी सेवामा रहन उपयुक्त छैन।
आदेशमा उल्लेख छ, उपराज्यपाल भारतीय संविधानको अनुच्छेद 311 को खण्ड (2) को उपखण्ड (सी) अन्तर्गत राज्यको सुरक्षाको हितमा यी मामिलाहरूमा कुनै छानबिन गर्नु उचित हुनेछैन भन्ने कुरामा सन्तुष्ट छन्।
हिन्दुस्थान समाचार / भवानी थामी