इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचार गर्ने मन्तव्यले खुशी छैनन् अजय एडवर्ड्स
Ajoy edwards


दार्जिलिङ, 24 अक्टूबर (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बंगाल सरकारको सहमतिबिना कसरी इन्टरलोक्युटर नियुक्त गरियो भनी प्रश्न गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेकी थिइन्।सोही पत्रको आधारमा केन्द्र सरकारले इन्टरलोक्युटरमाथि पुनर्विचार गर्ने भएको समाचार प्रकाशमा आएको छ।

यस विषयमाथि इण्डियन गोर्खा जनशक्ति फ्रण्टका‌ प्रमुख अजय एडवर्ड्सले भने, यो केन्द्रमा रहेको भाजपा सरकार अनि पहाडमा रहेको उनको गठबन्धन दलहरुको कमजोरी हो। उनले भने, म पश्चिम बंगालकी मुख्यमन्त्रीलाई पनि भन्न चाहन्छु कि यो जीटीए सठीक तरिकाले सञ्चालन भएको छैन। यहाँ धेरै भ्रष्टाचार अनि धाँधलीहरू भइरहेका छन्। जनसम्पत्तिहरू बेचिरहेका छन्। यसैकारण हामी जीटीएमा खुशी छैनौं अनि तपाईले पनि विगतको दिनहरूमा पीपीएस म दिन्छु भन्नु भएको थियोे। त्यसर्थ यो इन्टरलोक्युटरको विषय चाॅंडै समाधान होस्, किनकि तिहार अघि एउटा कुरा अनि तिहारपछि अर्कै कुरा राम्रो होइन।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande