
वाराणसी, 24 अक्टोबर (हि.स.)। काशी हिन्दू विश्वविद्यालय (बीएचयू)- को भौतिकी विभागबाट हालैमा पीएचपी पूरा गर्ने मेधावी डा. योगेश कुमार यादवको विश्वकै सबैभन्दा ठूलो सबमिलीमीटर टेलीस्कोप ‘एटलास्ट-2’ (अटाकामा लार्ज अपर्चर सबमिलीमीटर टेलीस्कोप)’ प्रोजेक्टको लागि गरिएको छ। यो अत्याधुनिक दूरबीन चिलीको अटाकामा मरूस्थलमा स्थापना गरिनेछ। यस महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजनामा यूरोपका 14 वटा प्रमुख अनुसन्धान संस्थानहरूले मिलेर काम गरिरहेका छन्। सो जानकारी विश्वविद्यालयको जनसम्पर्क कार्यालयले दिएको हो।
भनिन्छ, डा. योगेशले यस प्रोजेक्टमा हाइड्रोजन ऊर्जा आधारित संचालन प्रणालीको विकासमाथि काम गर्नेछन् जसबाट खगोल विज्ञान र स्वच्छ ऊर्जा दुवै क्षेत्रमा क्रान्तिकारी प्रगति सम्भव हुनसक्छ। वर्तमानमा डा. योगेशले नर्वेको ओस्लो यूनिभर्सिटीमा प्रारम्भिक प्रशिक्षण प्राप्त गरिरहेका छन्। प्रशिक्षण पूर्ण भए पश्चात उनी यस परियोजना अन्तर्गत चिलीको अटाकामा क्षेत्रमा आफ्नो कार्यलाई अगाड़ि बढ़ाउनेछन्। डा. योगेशलाई यस अनुसन्धानको निम्ति 4500 यूरो (लगभग 4.57 लाख रुपियाँ)-को फेलोशिप प्रदान गरिएको छ। उनको यो चयन बीएचयूको लागि मात्र नभएर सम्पूर्ण भारत देशको लागि गर्वको विषय हो।
डा. योगेशले हाइड्रोजन ऊर्जामाथि आफ्नो शोध कार्य बीएचयूको भौतिकी विभागबाट पूरा गरेका हुन्। उनको शोध निर्देशक प्रो. एम. अबु शाज औ प्रो. टी. पी. यादव रहेका छन्। डा. योगेशले पद्मश्री स्वर्गीय प्रो. ओ. एन. श्रीवास्तवको प्रयोगशालामा कार्य गरिसकेका छन् जुन हाइड्रोजन ऊर्जा अनुसन्धानको क्षेत्रमा अग्रणी रहिआएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा