ब्याण्डेल मोड़मा भाजपाको विरोध प्रदर्शन, आधा घण्टासम्म ठप्प रह्यो यातायात
ब्याण्डेल मोड़मा भाजपाको विरोध प्रदर्शन, आधा घण्टासम्म ठप्प रह्यो यातायात


हुगली, 24 अक्टोबर (हि.स.)। काकद्वीपको घटनाको विरोधमा शुक्रवार अपरान्ह हुगली सांगठनिक जिल्लाका भाजपा कार्यकर्ताहरूले ब्याण्डेल मोड़स्थित काली मन्दिरमा पूजा-अर्चना गरेपछि विरोध प्रदर्शन गरे।

जानकारी अनुसार अपरान्ह 12 बजेदेखि 12:30 बजेसम्म भाजपाका महिला कार्यकर्ताहरूले माँ कालीको प्रतीकात्मक तरवार हातमा लिएर काकद्वीप घटनाको विरोधमा प्रदर्शन गरे। प्रदर्शनको कारणले लगभग आधा घण्टासम्म ब्याण्डेल मोड़मा यातायात पूर्ण रूपले ठप्प भयो।

लगभग 12:30 बजे ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूलाई हटाउन जुट्यो। यस अवधि पुलिस र भाजपा कार्यकर्ताहरूबीच बहस भयो साथै हल्का झड़प पनि। तथापि पुलिसको तत्परताले प्रदर्शनकारीहरूलाई सड़कबाट हटाएर यातायातलाई सामान्य बनाइयो।

यस विरोध कार्यक्रममा हुगली सांगठनिक जिल्ला भाजपाका महासचिव सुरेश साव, उपाध्यक्ष गोपाल उपाध्याय समेत केही स्थानीय नेताहरू उपस्थित थिए।

उल्लेखनीय छ, बुधवार काकद्वीपमा काली माँको प्रतिमाको शिरलाई शरीरदेखि विच्छिन्न गरिएको थियो। स्थानीय मानिसहरूको विरोध अवधि पुलिसले प्रतिमालाई प्रिजन भ्यानमा राखिदिएको थियो। यस घटनाले सारा देशलाई झक्झकाइदिएको थियो।प्रतिमा खण्डित गरेको मामिलामा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande