
गुवाहाटी, 24 अक्टोबर (हि.स.)। असमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राज्यका युवाहरूलाई वैश्विक स्तरमा रोजगारको अवसर उपलब्ध गराउने उदेश्यले सीएम-फ्लाइट (फरेन ल्यांग्वेज एण्ड इन्टरनेशनल ग्रुमिंग फर हलिस्टिक ट्रान्सपोर्टेशन) कार्यक्रम आरम्भ गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्रीले बताए, यस पहल अन्तर्गत युवाहरूलाई विभिन्न विदेशी भाषा अनि कौशलहरूको प्रशिक्षण दिइनेछ ताकि उनीहरू विश्वभरि नै रोजगारका अवसरहरूको लागि तयार हुन सकुन्।
कार्यक्रम अन्तर्गत हाल जापानी भाषाको एक पायलट प्रोजेक्ट शुरू गरिएको छ। मुख्यमन्त्रीले भने, युवाहरूलाई प्रशिक्षित गर्नु र उनीहरूलाई विदेशहरूमा रोजगार दिलाउनको लागि एक सम्पूर्ण समर्थन प्रणाली तयार गरिँदैछ जसबाट असमका युवा वर्गले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउ सकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा