भाजपा विधायक शुभेन्दु अधिकारीलाई प्राप्त सुरक्षा कवचलाई कलकत्ता उच्च अदालतले लियो फिर्ता
भाजपा विधायक शुभेन्दु अधिकारीलाई प्राप्त सुरक्षा कवचलाई कलकत्ता उच्च अदालतले लियो फिर्ता


कोलकाता, 24 अक्टोबर (हि.स.)। पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीलाई ठूलो झट्का दिँदै कलकत्ता उच्च अदालतले वर्ष 2022-मा दिइएको सुरक्षा कवच (प्रोटेक्शन)-लाई फिर्ता लिएको छ। न्यायमूर्ति जय सेनगुप्ताको खण्डपीठले शुक्रवार सो फसेला सुनायो। यसको साथै अदालतले शुभेन्दु अधिकारीविरूद्ध दर्ता 15 वटा एफआईआरलाई रद्द गरिदियो।

दिसम्बर, 2022- मा न्यायमूर्ति राजाशेखर मंथाको पीठले शुभेन्दु अधिकारीलाई सुरक्षा कवच दिँदै राज्य पुलिसद्वारा दर्ता 26 वटा एआईआरमाथि रोक लगाइदिएको थियो साथै यो निर्देश पनि दिएको थियो, उनीविरुद्ध कुनै नयाँ एफआईआर दर्ता गर्नपूर्व अदालतको अनुमति लिन आवश्यक हुनेछ। यस आदेशको कारणले बितेको दुई वर्षमा उनीविरूद्ध नयाँ मामिला दर्ता हुन सकेको थिएन।

राज्य सरकारले हालैमा यसबाट जाँच प्रक्रिया बाधित भइरहेको बताउँदै यस आदेशलााई चुनौती दिएको थियो। दुवै पक्षको तर्क सुनेपछि उच्च न्यायालयले शुक्रवार सुरक्षा कवचलाई हटाउने फसेला सुनायो।

आगामी वर्ष 2026- को विधानसभा चुनाउ हुन केही महिनापूर्व आएको यो फसेला विपक्षका नेताको लागि राजनीतिक रूपमा ठूलो झट्का मानिँदैछ। अब राज्य सरकारले उनीविरूद्ध ल्बित सिकायतहरूमाथि कारबाही गर्न शुरू गर्नसक्छ। अदालतले यो पनि भन्यो, यदि शुभेन्दु अधिकारीका वकिलहरूको पक्षबाट कुनै लिखित आपत्ति वा स्पष्टिकरण दिनु छ भने उनीहरूले आगामी सोमवारसम्ममा प्रस्तुत गर्न सक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande