
- भाजपा जिल्ला महासचिवले गरे सर्वदलीय बैठक डाक्ने माग
मुम्बई, 24 अक्टोबर, (हि. स.)। वसई विरार शहर महानगरपालिका (वीवीएमसी) क्षेत्रमा बसोबास गर्ने हजारौं महिलाहरूले पछिल्लो कैयौं वर्षदेखिकै मनपा क्षेत्रस्थित पोखरी वा जलाशयहरूमा परम्परा अनुसार छठ पूजा गर्दै आइरहेका छन्। तथापि बढ़्दो प्रदूषणलाई ध्यानमा राखेर अदालतले प्रशासनलाई सबै पर्वहरूलाई अनुकूल ढंगमा पालन गर्ने निर्देश दिएको छ। न्यायालयको निर्देश अनुसार वीवीएमसीले तलाउ अनि जलाशयहरूको सट्टा कृत्रिम तलाउहरूमा पूजा गर्ने निर्देश जारी गरेको छ जसबाट उत्तर भारतीय समुदाय अनि छठ पूजा आयोजकहरू असन्तुष्ट भएका छन्। यस विषयमा आपसी सहमतिको सट्टा कतिपय मानिसहरूले यसलाई राजनीतिक मुद्दा बनाएर नागरिकहरूलाई भ्रमित पार्ने चेष्टा गरिरहेका छन्।
यस विषयलाई गम्भीर रूपमा लिँदै भाजपा वसई-विराट जिल्ला महासचिव मनोज बारोटले मीरा भायंदर-वसई विरार पुलिस आयुक्त तथा वसई विराट महानगरपालिका आयुक्तलाई एउटा पत्र लेखी यस विषयमा समन्वय स्थापना गर्ने माग गरेका छन्।भाजपा नेता बारोटले अनुरोध गर्दै पत्रमा भनेका छन्, एकातिर छठ पूजा उत्तर भारतीय महिलाहरूको आस्थासित जोड़िएको पर्व हो भने अर्कोतिर न्यायालयको आदेश र उत्तर भारतीय महिलाहरूको आस्थालाई मध्यनजर गर्दै सही निर्णल लिन आवश्यक छ। त्यसैले यस मुद्दामा सबै राजनीतिक दलहरूको तत्काल बैठक डाक्नुपर्छ र सबै दलहरूलाई यस मुद्दामा आ-आफ्नो कुरा राख्ने अवसर दिनुपर्छ। यसो गरिए यस मुद्दामा सही निर्णय लिन सकिन्छ साथै कुनै पनि राजनीतिक दलले यसलाई आफ्नो राजनीतिक मुद्दा बनाएर नागरिकहरूलाई भ्रमित पार्न सक्दैन। यसो गर्नाले सबै मानिसहरूले सम्मानपूर्वक चाड़ पर्व मनाउन सक्नेछन् फलस्वरूप तालुकाको कानूनी व्यवस्था पनि कायम रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा