
नयाँ दिल्ली, 24 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार बीएसएफका जवानहरूसित भाइदुज मनाइन्। उनले एक्स पोस्टमा भनिन्, सीमा डटेका यी रक्षकहरू घरदेखि टाड़ा रहेको अवस्थामा उनीहरूको परिवारले जस्तै साथ दिनु तथा उनीहरूको हरेक आवश्यकतालाई ध्यान दिनु हाम्रो पनि कर्तव्य बन्छ।
मुख्यमन्त्रीले यसै भावनाले ओतप्रोत भएर आज छावलास्थित बीएसएफ क्याम्पमा पानीको पाइपलाइनको शिलान्यास गरिन्। मुख्यमन्त्रीले गत 11 अगस्तमा आयोजित वक्षारोपण कार्यक्रम अवधि यहाँ आएर वाचा गरेकी थिइन्, वर्षौंदेखि व्याप्त पानीको समस्याको समाधान हाम्रो सरकारले गर्नेछ। आज त्यै वाचालाई पूरा गर्ने क्षण हो। यही नै हाम्रो सरकारको कार्यशैली हो- वचनदेखि कर्मसम्म तथा सेवादेखि समाधानसम्न।
उनले भनिन्, हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी हरेक दीपावली जवानहरूसित मनाउँछन्, त्यसरी नै दिल्ली सरकारले पनि आफ्नो हरेक सुरक्षाकर्मीलाई परिवार मानेर उनीहरूको कल्याण अनि सुविधाको लागि समर्पित छ। चाँड़ै नै जवानहरूको मागमा यहाँ सिन्थेटिक ट्र्याकको निर्माण पनि गरिनेछ, ताकि प्रशिक्षण अनि खेल दुवैको लागि उनीहरूलाई सर्वोत्तम सुविधा प्राप्त होस्। मुख्यमन्त्रीले भाइदुजको पावन पर्वको सबै वीर जवानहरूलाई हार्दिक शुभकामना दिइन्। यस अवधि विधायक सन्दीप सहरावत सीमा सुरक्षा बलका वरिष्ठ अधिकारी उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा