
नयाँ दिल्ली, 24 अक्टोबर (हि.स.)। दिल्लीका उपमेयर जय भगवान यादवले शुक्रवार रिठाला विधानसभा क्षेत्रको वार्ड संख्या- 21 र 22 सहित रोहिणी विधानसभा क्षेत्रको वार्ड संख्या- 54 को निरीक्षण गरे। यस अवधि उनले स्वच्छता व्यवस्था एवं छठ महापर्व (छठ पूजा)-का तयारीहरूको समीक्षा गरे।
उपमेयरले केही क्षेत्रहरूमा स्वच्छताको स्थितिमाथि असन्तोष व्यक्त गर्दै सम्बन्धित अधिकारीहरलाई निर्देश दिए, सबै मैला-कुचैला संवेदनशील क्षेत्रमा दिनमा दुई पटकसम्म सर-सफाई गरियोस्। उनले भने, कुनै पनि नागरिकलाई फोहोर-मैलाको कारणले असुविधा नहोस्। सबै वार्डहरूमा स्वच्छतामाथि कड़ा निगरानी राखियोस्।
जय भगवान यादवले छठ पूजाका तयारीहरूको जायजा लिनका लागि विभिन्न छठ घाटहरूको पनि निरीक्षण गरे। उनले घाटहरूमा स्वच्छता, बिजुली, प्रकाश व्यवस्था औ श्रद्धालुहरू सुचारु आवागमनसित सम्बन्धित तयारीहरूको समीक्षा गरे।
उपमेयरले भने, दिल्लीमा छठ पूजाको भव्य तथा सुचारू आयोजनको लागि कुनै प्रास बाँकी राखिनेछैन। सबै अधिकारीहरूलाई निर्देश दिइएको छ, घाटहरूको वरपर स्वच्छता, प्रकाश अनि अन्य आवश्यक सुविधाहरूको समुचित व्यवस्था सुनिश्चित गरियोस्।
जय भगवान यादवले तिहारको बेलामा स्वच्छता र जनसुविधाका उच्च मानदण्डहरूलाई कायम राख्नको लागाि एमसीडीको प्रतिबद्धतालाई दोहोऱ्याउंदै नागरिकहरूसित अपील गरे, उनीहरूले आफ्नो वरपरको क्षेत्रलाई स्वच्छ राख्नमा सहयोग गरून्।
निरीक्षण रोहिणी वार्ड समितिका उपाध्यक्ष नरेन्द्र सोलंकी, पार्षद समिता कौशिक, रोहिणी जोनकी उपायुक्त, निगम अधिकारी एवं कर्मचारी तथा स्थानीय नागरिकहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा