दुधेको अस्थायी पुलको निर्माण कार्य समाप्तितिर
Dhudey bridge


खरसाङ, 24 अक्टूबर (हि.स.)। गत 4 अक्टोबर राति आएको अविरल वर्षाको कारणले दुधेको फलामे पुल भाँचिएपछि यस बाटो भएर मिरिक-सिलगढीमाझ चल्ने गाडी तथा मानिसहरूलाई धेरै असुविधा भइरहेको छ। उक्त पुल पुनः निर्माण गरिन समय लाग्ने अथवा यहाँ निर्माण भइरहेको नयाँ पुल निर्माण कार्य समाप्त हुन पनि प्रायः एक वर्ष जति लाग्ने भएकाले हाललाई राहत प्रदान गर्न ठूल्ठूला पाइपहरू लगाएर अस्थायी पुल निर्माण गर्ने कार्य शुरू गरिएको थियो। उक्त अस्थायी पुल निर्माण कार्य प्रायः समाप्त हुन लागेको छ भने अहिले यहाँबाट आउजाउ गर्ने मानिसहरूलाई ट्रान्ससिप गरिँदैछ।

यो अस्थायी पुल निर्माणले मानिसहरूले केही राहत अनुभव गरिरहेका छन्। सिलगढी मिरिकगामी गाडीहरू यहाँको पानीघट्टा नजिक च्यागाँ, नोल, छोटा टिङलिङ हुँदै मिरिकको फुवागढी भएर चल्दै थियो भने यस रोड सानो अनि साँघुरो भएको कारण धेरै दुर्घटना हुने तथा चालकहरूलाई धेरै असुविधा हुने गरेकाले सबैले यथाशीघ्र दुधेको पुल निर्माण गरेर यसै मार्ग भएर यातायात आरम्भ गर्ने माग गरिरहेका थिए। हाल यहाँको यस अस्थायी पुल निर्माणले धेरै राहत अनुभव गरिरहेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande