
हावड़ा, 24 अक्टोबर (हि.स.)। हावड़ा जिल्लाको उलुबेड़िया अस्पतालमा एकजना जूनियर महिला डाक्टरसित भएको कुटपिट अनि बलात्कार गर्ने धम्की दिएको घटनाको विरोधमा शुक्रवार अस्पतालका सीनियर रेजिडेन्ट डाक्टरहरूले ‘पेन डाउन’ आन्दोलन शुरू गरे। यो आन्दोलन बिहान 9 बजेदेखि अपरान्ह 2 बजेसम्म चल्यो।
यस अवधि डाक्टरहरूले स्पष्ट पारे, उनीहरूले आपतकाल अनि बाह्य रोगी विभाग (ओपीडी)-मा कुनै ड्यूटी गर्ने छैनन्। तथापि अस्पतालको सामान्य सेवा प्रभावित नहोस् भनेर सीनियर डाक्टर र इन्टर्न डाक्टरहरूले आफ्नो ड्यूटी गरिरहे।
अस्पताल सूत्र अनुसार उलुबेड़िया अस्पतालमा हाल 70 जनाभन्दा अधिक जूनियर एवं सीनियर रेजिडेन्ट डाक्टरहरू कार्यरत् छन्। सबै डाक्टरहरूले पीड़िताको समर्थनमा एघार सूत्रीय माग राखेका छन्।
उनीहरूको प्रमुख मागहरूमा अस्पतालमा सुरक्षा व्यवस्थालाई सशक्त बनाउनु, आरोपी अस्थायी होमगार्डलाई तत्काल बर्खास्त गर्ने, अस्पतालको पुलिस चौकीमा अतिरिक्त पुलिसकर्मीहरूको तैनाथी, वार्ड एवं लिफ्ट वरपर प्यानिक बटन जड़ान गर्नु, रोगीसित परिवारको एकजना मात्र सदस्यलाई वार्डमा प्रवेश गर्ने अनुमति दिनु तथा सबै कर्मचारीहरूको लागि सहचित्र पहिचान पत्र (आईडी कार्ड) अनिवार्य बनाउनु सामेल छन्।
डाक्टरहरूको भनाइ छ, यदि यी मागहरूलाई चाँड़ै पूरा गरिएन भने उनीहरूले आन्दोलनलाई अगाड़ि बढ़ाउनेमाथि विचार गर्नेछन्।
यसबीच अस्पताल प्रशासनले बतायो, सुरक्षा व्यवस्थालाई बढ़ाउनको लागि कदम उठाइँदैछ। अस्पतालका कार्यवाहक मेडिकल सुपर तथा भाइस प्रिन्सिपल सुबिर मजुमदारले भने, “हामी पुलिस जाँचबाट सन्तुष्ट छौं। अस्पतालको सुरक्षा व्यवस्थालाई अझ सुदृढ़ बनाउनको लागि आवश्यक कदम उठाइँदैछ।”
घटनापछि अस्पताल परिसरमा तनाउ फैलिएको छ। राज्यभरिकै स्वास्थ्यकर्मीले यस घटनाको निन्दा गरिरहेका छन् अनि पीड़ित डाक्टरलाई न्याय दिलाउने माग गरिरहेका छन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा