
भाेपाल, 24 अक्टोबर (हि.स.)। आज अर्थात शुक्रवार विश्व पोलियो दिवस हो। हरेक वर्ष 24 अक्टोबरमा वर्ल्ड पोलियो डे मनाइन्छ। पोलियो एक गम्भीर रोग हो जसले 5भन्दा कम उमेरका बाल-बालिकाहरूलाई संक्रमित पार्छ। त्यसैले पोलियोको भ्याक्सिनेशनको महत्व बारे त्यस दिन जागरूकता फैलाइन्छ। साथै पोलियोलाई जरैबाट निर्मूल पार्नको लागि जनचेतना फैलाइन्छ। मुख्यमन्त्री डा. यादवले विश्व पोलियो दिवसको अवसरमा मानिसहरूलाई नियमित रूपमा बाल-बालिकाहरूलाई पोलियोको खुराक खुवाउने अपील गरेका छन्।
मुख्यमन्त्री डा. यादवले साेशल मीडिया एक्समा पोस्ट गर्दै लेखे, विश्व पोलियो दिवसले हामीलाई सदैव प्रेरित गर्दछ कि 'पोलियो मुक्त भारत' बनाउने जन-जनको संकल्पलाई सिद्ध गरौं। आउनुहोस्, बाल-बालिकाहरूको सुरक्षित एवं उज्जवल भविष्यको लागि पोलियो रोधी खोप अभियानमा खुराक दिलाउने संकल्प लिऔं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा