फ्याक्ट्रीको शौचालयमा कर्मचारीको रगताम्मे शव भेटियो
फ्याक्ट्रीको शौचालयमा कर्मचारीको रगताम्मे शव भेटियो


हुगली, 24 अक्टोबर (हि.स.)। गत बुधवार ड्यूटीमा गएका एकजना युवकको शुक्रवार बिहान शव भेटिएको घटनाबाट सन्त्राष फैलियो। घटना ईएम बाइपास नजिक बारूइपुर थाना क्षेत्रस्थित एक चिसो पेय पदार्थ बनाउने फ्याक्ट्रीमा भएको हो। मृतकको नाम कबीर हुसैन मोल्ला (30) हो जो नरेन्द्रपुरका निवासी थिए। लगभग आठ महिना अगाड़ि मात्र तिनको विवाह भएको थियो।

परिवार अनुसार गत 22 अक्टोबरको अपरान्हदेखि कबीरसित कुनै सम्पर्क हुन सकिरहेको थिएन। अन्तिम पटक उसले गत बुधवार घरमा फोन गरेर आफू ड्यूटीमा रहेको बताएको थियो। त्यसपछिदेखि उसको मोबाइल बन्द आइरहेको छ। परिवारका सदस्यहरू गए बिहीवार फ्याक्ट्रीमा पुग्दा सहकर्मीहरूले भने, उनको शिफ्ट समाप्त भइसकेको छ, तर अटेन्डेन्स रजिस्टरमा ‘आउट’ मार्क थिएन।

शुक्रवार बिहान फ्याक्ट्रीको एक शौचालयलाई लामो समयसम्म बन्द देखेर कर्मचारीहरूलाई शंका लाग्यो। त्यसपछि पुलिसलाई बोलाएर ढोका भत्काइयो। शौचालयभित्र कबीरको रगताम्मे शव थियो। शरीरमा चोट लागेको छ। परिवारको आरोप छ, यो योजना बनाएर गरिएको हत्या हो। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। घटनापछि कर्मचारी अनि स्थानीय मानिसहरूले फ्याक्ट्री बाहिर प्रदर्शन गरे। पुलिसले स्थितिलाई नियन्त्रण गर्दै सीसीटीभी फुजेटको जाँच साथै कर्मचारीहरूसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande