भयानक आगलागीमा फ्याक्ट्री जलेर स्वाहा
भयानक आगलागीमा फ्याक्ट्री जलेर स्वाहा


मालदा, 24 अक्टोबर (हि.स)। जिल्लाको हरिश्चन्द्रपुरस्थित एक पंखा असेम्बल फ्याक्ट्री आगोमा जलेर खरानी भयो। स्थानीय मानिसहरू अनि दमकलको सहयोगमा आगोलाई दुई घण्टामा नियन्त्रण गरियो। यस आगलामीमा ठूलो नोक्सान भएको अनुमान लगाइएको छ।

सूत्र अनुसार गए बिहीवार राती क्षेत्रको एक पंखा असेम्बल फ्याक्ट्रीमा अचानक आको लाग्यो। स्थानीय मानिसहरूले तत्कालै आगो निभाउने काम शुरू गरे। यसबीच दमकल विभागलाई सूचित गरियो। स्थानीय मानिसहरूको प्रयासले केही हदसम्म आगोलाई निभाइसकिएको थियो। पछि दमकल वाहनले घटनास्थलमा आएर आगोलाई पूर्ण रूपमा नियन्त्रण गऱ्यो। घटनामा कुनै प्रकारको मानव क्षति भएको खबर छैन। आगलागीको सहीकारण अहिलेसम्म पत्तो लागेको छैन। तथापि शर्ट सर्किटको कारणले आगो लागेको हुनसक्ने अनुमान व्यक्त गरिएको छ। अग्निशमन अधिकारी बीरू हालदारले बताए, एउटा दमकल वाहनको सहयोगले दुई घण्टापछि आगोलाई पूर्ण रूपले निभाइयो। घटनाको जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande