काली पूजा विसर्जनलाई लिएर दुई पक्षमाझ झड़प, पाँच घाइते
काली पूजा विसर्जनलाई लिएर दुई पक्षमाझ झड़प, पाँच घाइते


बीरभूम, 24 अक्टोबर (हि.स.)। काली पूजा विसर्जन अवधि निकालिएको जुलूसलाई लिएर दुई पक्षमाझ भएको विवाद अन्ततः कुटाकुटसम्म पुग्यो। अचानक भएको हमलामा पाँचजना मानिसहरू गम्भीर रूपमा घाइते भए। यो घटना गए बिहीवार राती बीरभूम जिल्लाको दुबराजपुर थाना अन्तर्गत पदुमा ग्राम पञ्चायत क्षेत्रको भालुका गाउँंमा भएको हो।

स्थानीय सूत्र अनुसार भालुका गाउँको एउटा बाटोलाई लिएर विगत लामो समयदेखिकै स्थानीय चित्तरञ्जन महादानीको परिवार र गाउँका अन्य मानिसहरूमाझ विवाद भइरहेको थियो। ग्रामीणहरूको आरोप छ, चित्तरञ्जन महादानीको परिवार उक्त बाटो भएर काली प्रतिमाको विसर्जन जुलूस नगुज्रियोस् भन्ने चाहन्थे। जुलूस उक्त बाटो भएर गुज्रिरहेको समय अचानक महादानी परिवारको पक्षबाट उनीहरूमाथि हमला गरियो।

तथापि महादानी परिवारले सबै आरोपहरूलाई अस्वीकार गरेको छ। उनीहरूको भनाइ छ, उनीहरूले आफ्नो घर अगाड़ि बसेर विसर्जन जुलूसलाई हेरिरहेका थिए। अँध्यारोको फाइदा उठाएर केही मानिसहरूले उनीहरूमाथि अचानक हमला गरे। परिवारका सदस्य बुला महादानीले आरोप लगाए, भीड़ले उनको परिवारका सदस्यहरूमाथि कुटपिट गऱ्यो। वाहनहरू अनि घरमा तोड़फोड़ गरेर नोक्सान पुऱ्यायो।

यस झड़पमा ग्रामीण शिशिर हाजरा, चण्डी माल र राहुल हाजरा सहित चित्तरञ्जन महादानी र उनको पुत्र प्रशान्त महादानी घाइते भएका छन्। सूचना पाएर दुबराजपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। सबै घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ।

चित्तरञ्जन महादानीको अवस्था गम्भीर रहेको बताइँदैछ। उनलाई सिउड़ी सुपर स्पेशलिटी अस्पतालमा स्थानान्तरण गरिएको छ। पुलिसले घटनामा सामेल दुईजना मानिसहरूलाई हिरासतमा लिएको छ भने मामिलाको जाँंच शुरू गरेको छ। हाल कुनै पनि पक्षबाट लिखित सिकायत दर्ता गरिएको छैन। पुलिसको भनाइ छ, सिकायत दर्ता गरिएपछि अग्रिम कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande