
कोलकाता, 24 अक्टोबर (हि.स.)। कोलकाताको प्रतिष्ठित एसएसकेएम अस्पतालमा नाबालिकासित अश्लील व्यवहार गरेको घटना प्रकाशमा आएको छ। यस गम्भीर मामिलामा स्वास्थ्य विभागले रिपोर्ट मागेको छ। प्रश्न उठिरहेको छ कि ट्रामा केयर जस्तो अत्यन्त महत्वपूर्ण विभागभित्र आरोपी कसरी पुग्यो अनि घटका कसरी भयो।
सूत्र अनुसार गत बुधवार एकजना 15 वर्षीय नाबालिका आफ्नो परिवारसित उपचारको निम्ति एसएसकएम अस्पतालमा आएकी थिई। आरोप छ, यसै अवधि अस्पतालको ट्रामा केयर विभागको शौचालयमा लगेर नाबालिकासित यौन उत्पीड़न गरियो। आरोपीको पहिचान अस्पतालकै अस्थायी कर्मचारी अमित मलिकको रूपमा भएको छ। अस्पतालका एकजना चिकित्सकले घटनाको सिकायत दर्ता गराए जसपश्चात पुलिसले आरोपीलाई पक्राउ गऱ्यो।
पुलिसले अमित मलिकविरूद्ध पोक्सो अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ। तथापि अब सबैभन्दा ठूलो प्रश्न के छ भने अस्पताल प्रशासनकै नाकमुनि आरोपी ट्रामा केयर जस्तो संवेदनशील एकाईमा कसरी प्रवेश गऱ्यो?
स्वास्थ्य विभागले यस घटनालाई गम्भीर रूपमा लिँदै एसएसकेएमको एमएसवीपीसित रिपोर्ट मागेको छ। सूत्र मुताविक स्वास्थ्य सचिव स्वयंले मामिलाको निगरानी गरिरहेका छन्। उनले एमएसवीपीलाई 72 घण्टाभित्रमा सम्पूर्ण घटनाक्रमको विस्तृत ब्यौरा सुम्पिने निर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा