
कोलकाता, 24 अक्टोबर (हि.स.)। चाड़-पर्वको मौसममा कानून व्वस्थालाई कायम राख्ने उदेश्यले संचालित विशेष अभियानमा कोलकाता पुलिसले 132 जना मानिसहरूलाई विभिन्न अपराधहरू गरेको आरोपमा पक्राउ गरेको छ।
कोलकाता पुलिस मुख्यालय लाल बजारद्वारा शुक्रवार जारी बयानमा बताइयो, पक्रा पर्ने मानिसहरूमा अधिकांश हुलदंगा मचाउने अनि अवैध रूपमा विस्फोटक प्रयोग गर्ने जस्ता मामिलाहरूमा सामेल रहेका छन्।
पुलिसले बतायो, 122 जना मानिसहरूलाई हुलदंगा गरेकोमा अनि 10 जना मानिसहरूलाई प्रतिबन्दित पटाका पड़्काएको आरोपमा गए बिहीवार हिरासतमा लिइयो। अभियान अवधि पुलिसले लगभग 3.7 किलोग्राम प्रतिबन्धित पटाका अनि 4.2 लीटर अवैध रक्सी पनि जफत गऱ्यो। अधिकारीहरूले भने, यो कारबाही शहरमा ध्वनि अनि वायु प्रदूषणलाई नियन्त्रण गर्न तथा अवैध पदार्थहरूको ओसार-पोसारलाई रोक्ने उदेश्यले गरिएको हो।
यसै क्रममा यातायात विभागद्वारा संचालित भिन्नै अभियानमा 365 जना मानिसहरूविरूद्ध यातायात नियमहरूको उल्लंघनसित सम्बन्धित मामिला दर्ता गरियो। यसमा 75 जना बाइक सवार अनि 44 जना पछिल्लो सीटमा बसेका यात्रीहरूलाई हेलमेट बिनै पाइयो। यस अतिरिक्त 71 वटा मामिलाहरूमा लापरवाहीले वाहन चलाएको, 65 वटा मामिलामा मातेर वाहन चलाएको तथा 110 वटा अन्य मामिलाहरूमा अलग-अलग यातायात उल्लंघनमाथि कारबाही गरियो।
------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा