
जलपाईगुड़ी, 24 अक्टोबर (हि.स)। जिल्लाको नागराकाटामा शुक्रवार हात्तीको हमलामा परी एकजना मानिसको मृत्यु भयो। मृतकको पहिचान शम्भु मंगर (50)-को रूपमा भएको छ। घटना नागराकाटा ब्लकको न्यू खुनिया बस्तीमा भएको हो। भनिन्छ, शम्भु बिहान आफ्नो घर नजिकै खेतमा आफ्नो गाई खोज्न गएका थिए। यसै अवधि झाड़ीमा लुगेर बसेको एउटा हात्तीले उनीमाथि अचानक हमला गऱ्यो। उनको घटनास्थलमै मृत्यु भयो। सूचना पाउनसाथ मेटेली थाना पुलिस घटनास्थलमा पुग्यो साथै खुनिया र चालसा रेञ्जका वनकर्मी पनि घटनास्थलमा पुगे। पछि शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि पठाइदियो। वन विभागले बताएको छ, मृतकको परिवारलाई नियमानुसार क्षतिपूर्ति दिइनेछ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा