
कोलकाता, 24 अक्टोबर (हि.स.)। कलकत्ता उच्च न्यायालयले शुक्रवार भाजपा नेता औ पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीविरूद्ध दर्ता चार वटा मामिलाहरूको जाँच कार्यलाई केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) र राज्य पुलिसको संयुक्त विशेष जाँच टीम (एसआईटी)-लाई सुम्पिने निर्देश दियो।
न्यायमूर्ति जय सेनगुप्ताको एकल पीठले वर्ष 2022- मा शुभेन्दुलाई प्राप्त त्यस सुरक्षा कवचलाई पनि हटाइयो जसान्तर्गत उनीविरूद्ध कुनै पनि नयाँ मामिलामा प्राथमिकी दर्ता गर्नअघि अदालतको अनुमति लिन आवश्यक थियो। यो आदेश भाजपा नेता औ पश्चिम बंगाल सरकारबीच चलिरहेको तीन वटा मामिलामा भएको सुनवाईमा दिइएको हो।
अदालतले यस अतिरिक्त राज्यभरिमा अलग-अलग समयमा दर्ता 15 वटा एफआईआरलाई रद्द गर्ने निर्देश पनि दियो। यी मामिलाहरूमा शुभेन्दु अधिकारीविरूद्ध विभिन्न थानाहरूमा सिकायत दर्ता गरिएको थियो।
दिसम्बर, 2022- मा न्यायमूर्ति राजशेखर मंथाले अधिकारीलाई राहत दिँदै राज्य पुलिसलाई निर्देश दिएका थिए, उच्च न्यायालयको अनुमति बिना उनीविरूद्ध कुनै नयाँ एफआईआर दर्ता नगरियोस्।
शुभेन्दु अधिकारीले अदालतमा दाबी गरेका थिए, राज्यको सत्तासिन पार्टी तृणमूल कंग्रेसको इशारामा उनीविरूद्ध धेरैवटा एफआईआर दर्ता गरिएको छ ताकि उनलाई जनताको प्रतिनिधिको रूपमा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नदेखि रोक्न सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा