
गुवाहाटी, 24 अक्टोबर (हि.स.)। जुबिन गर्गको रहस्यमय मृत्युको जाँच गरिरहेको असम पुलिसको एसआईटीको दुई सदस्यीय दल सिंगापुरदेखि फर्केर आइसकेको छ। टीमका प्रमुख मुन्ना प्रसाद गुप्ता अनि आईपीएस तरूण गोयल गए बिहीवार गुवाहाटी आइपुगे।
मुन्ना प्रसाद गुप्ताले शुक्रवार सम्वाददाता सम्मेलनमा बताए, उनीहरूले गत 21 अक्टोबरको दिन सिंगापुरको पाँच सदस्यीय पुलिस अधिकारीहरूको टीमसित भेट गरी घटनाको सम्बन्धमा चर्चा गरे। साथै उनीहरूले सिंगापुर पुलिससित आग्रह गरे, सिंगापुरमा बस्दै आइरहेका यस घटनासित सम्बन्धित व्यक्तिहरूसित जाँचबुझ गरी सिंगापुर पुलिसले दश दिनभित्रमा एसआईटीलाई जानकारी देओस्।
उनले बताए, सिंगापुरमा सागरको बीचमा पुगेर घटनास्थलको निरीक्षण पनि गरियो। जुबिन गर्गका दुई पक्राउ अंगरक्षकहरूको बारेमा प्रश्न गर्दा गुप्ताले बताए, उनीहरूलाई आयभन्दा अधिक सम्पत्तिको मामिलामा पक्राउ गरिएको छ। सीएम भिजिलेन्सले यसको भिन्नै जाँच गरिरहेको छ।
यता बाक्सामा भएको घटनाको सिलसिलामा प्रश्न गर्दा उनले भने, बाक्साको गटनाको जाँच एसआईटीले होइन, स्थायी स्तरमा पुलिसले गरिरहेको छ। जुबिन गर्गसित जोड़िएको जाँचसित सम्बन्धित तथ्यहरू बारे सोध्दा गुप्ताले भने, हाल मामिलाको जाँच भइरहेको छ, त्यसैले यसको खुलासा गर्न सकिँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा