अरूणाचलमा आत्महत्याको दुई घटनाले सन्त्राष फैलायो
अरूणाचलमा आत्महत्याको दुई घटनाले सन्त्राष फैलायो


इटानगर, 24 अक्टोबर (हि.स.)। अरुणाचल प्रदेशका दुई अलग-अलग क्षेत्रमा एकपछि अर्को भएको दुई वटा आत्महत्याको घटनाले कोकोहोलो मचिएको छ। तिरप जिल्लान्तर्गत खोन्सामा ग्रामीण निर्माण विभागका कार्यकारी अभियन्ता लिकवांग लोवांगले गए बिहीवार आत्महत्या गरे। यो घटना घट्न केही घण्टापूर्व 19 वर्षीय गोमचू येकर नामक युवकले आत्महत्या गरेका थिए। युवकले आफ्नो सुसाइड नोटमा उसित यौन शोषण भएको आरोप लगाएका थिए। सुसाइड नोटको कुरा प्रकाशमा आएको केही घण्टा बित्दा-नबित्दै अभियन्ता लोवांगले आत्महत्या गरे।

पुलिस सूत्रले आज बताएको छ, युवक गोमचू येकरलाई गए बिहीवार बिहान लगभग 11 बजे नाहरलगुनको क्यापिटल कम्प्लेक्स अन्तर्गत लेखी गाउँस्थित एक भाड़ाको कोठाभित्र मृत पाइयो। केही क्षण पश्चात लोवांगले आत्महत्या गरेको कुरा प्रकाशमा आयो। खोन्सा पुलिस स्टेशन अनुसार लोवांगले खोन्सास्थित आफ्नो आवासमा आफैमाथि गोली चलाए।

तथापि पुलिस अधिकारीले घटनास्थलमा पुगेर जाँच गरेको बताउँदै घटना पछाड़िको कारण बारे अधिक जानकारी दिनदेखि अस्वीकार गरेका छन्।

मृत युवकका पिताले दाबी गरेका छन्, केही सुसाइड नोटमा येकरले लोवांग र इटानगर क्षेत्रका पूर्व उपायुक्त तालो पोटोम जो वर्तमानमा दिल्ली लोक निर्माण विभागमा विशेष सचिवको पदमा तैनात छन्,-माथि लामो समयसम्म यौन शोषण र बलजफ्ती गरेको आरोप लगाएका छन्।

मृतक का पिताले दाबी गरे, घटनास्थलबाट केही हस्तलिखित सुसाइड नोट फेला परेको छ जसमा येकरले दुईजना वरिष्ठ सरकारी अधिकारीहरू क्रमैले इटानगर राजधानी क्षेत्रका पूर्व उपायुक्त तालो पोटोम र ग्रामीण निर्माण विभागका कार्यकारी अभियन्ता लिकवांग लोवाग, जो वर्तमानमा ईस्ट कामेंग जिल्लाको चायांग ताजोमा तैनाथ थिए,माथि गम्भीर आरोप लगाएका छन्।

दिवंगत गोमचू येकरका पिता टागोम येकरले भने, मैले उनीहरू (पोटोम और लोवांग)-विरूद्ध सुसाइड नोटको आधारमा निर्जुली पुलिस स्टेशनमा एफआईआर दर्ता गराएको छु जसमा मेरो छोराले उनीहरूको नाम लेखेका छन्।

पुलिसले निर्जुली पुलिस स्टेशनमा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस)- को धारा 194 अन्तर्गत अप्राकृतिक मृत्युको मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande