जिल्लाबाट निष्काषित अपराधीलाई जेल पठाइयो
जिल्लाबाट निष्काषित अपराधीलाई जेल पठाइयो


हमीरपुर, 24 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको हमीरपुर जिल्लाको कस्बा बिंवार निवासी दीपक द्विवेदी पुत्र अनिल उर्फ़ कल्लूलाई पुलिसले शुक्रवार पक्राउ गरी जेल पठायो।

थाना प्रभारी नन्दराम प्रजापतिले बताए, आरोपी उत्तर प्रदेश गुन्डागिरी अधिनियम धारा 10 अन्तर्गत जिल्लाबाट निष्काषित अपराधी हो। जस अनुसार, उलाई छह महिनाको अवधिसम्म जिल्लादेखि बाहिर रहनु अनिवार्य छ। तर उ यस समय सीमा अवधिभित्र कस्बा बिंवारमा पाइयो। खबरीबाट आरोपीबारे सूचना पाइयो कि उक्त व्यक्ति मौदहा रोडदेखि शनिदेव मन्दिरतिर जाने बाटोमा खड़ा छ। जसको सूना पाइएपछि एसआई अंकित वैसलाको टीमले छापा मारेर पक्राउ गऱ्यो।

थाना प्रभारीले बताए, उक्त आरोपी आपराधिक प्रवत्तिको हो, जो पुराना धेरै आपराधिक मामिलाहरूमा लिप्त रहेको छ। जसको डरले मानिसहरू थानामा शिकायत गर्नु डराउनेगर्थे। गत 29 सेप्टेम्बरमा जिल्लाधिकारीको आदेशमा उ विरूद्ध जिल्लाबाट निष्काषितको कारबाही गरिएको थियो। आरोपीलाई सम्बन्धित धारामा जेल पठाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande