
फिरोजाबाद, 24 अक्टोबर (हि.स.)। जिल्लाको थाना दक्षिण पुलिस टीमले शुक्रवार बिहेको सपना देखाएर युवतीसित दुष्कर्मको मामिलामा फरार आऱोपीलाई पक्राउ गरेको छ।
दक्षिण थाना प्रभारी योगेन्द्र पाल सिंहले बताए, थाना दक्षिणमा 24 अक्टोबरमा एक युवतीले शिकायत दिइन् कि जसमा उले नयाँ बस्ती निवासी अकील अहमदमाथि बिहेको सपना देखाएर शारीरिक सम्बन्ध बनाएको आरोप लगाइन्। यति मात्र होइन उले अभियुक्त अकील र उसका भाई रहीश र शकीलमाथि कुटपिट गरेको आऱोप लगाइन्।
पुलिसले पीड़ित युवतीको शिकायतमा सुसंगत धाराहरूमा मुद्दा दर्ता गरी आरोपीहरूको खोज शुरू गऱ्यो। पुलिस टीमले शुक्रवार मुख्य आरोपी अकील अहमदलाई नयाँ बस्ती टेलीफोन एक्सचेञ्ज गलीबाट पक्राउ गऱ्यो।
थाना प्रभारीले बताए, पक्रा परेको अभियुक्त विरूद्ध आवश्यक विधिक कारबाही गर्दै न्यायालय समक्ष पेश गरियो, जहाँबाट उलाई जेल पठाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी