एसकेएमद्वारा एसडीएफ र सीएपीले लगाएका आरोपहरूको कड़ा शब्दमा भत्सर्ना
रञ्जना प्रधानद्वारा आज जारी प्रेस विज्ञप्तिमा यी


गान्तोक, 24 अक्टूबर (हि.स.)।सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले विपक्षी पार्टीहरूमाथि सामाजिक सञ्जालहरू मार्फत भ्रामक आरोपहरू लगाएको भन्दै कडा शब्दमा भर्त्सना गरेको छ। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) र सिटिजन एक्सन पार्टी (सीएपी) एउटै सिक्काका दुई पाटा हुन् भन्ने प्रष्टिएको दाबी गर्दै उनीहरूले एसकेएम पार्टीमाथि ‘फेक आईडी सञ्चालन’ र ‘विपक्षी महिला नेतृहरूलाई समाजिक सञ्जालमा अपमान गरेको’ भन्ने आरोप लगाएको एसकेएमले बताएको छ।

एसकेएम प्रचार प्रसार अध्यक्ष रञ्जना प्रधानद्वारा आज जारी प्रेस विज्ञप्तिमा यी सबै आरोपहरू पूर्ण रूपमा आधारहीन, भ्रामक र राजनीतिक रूपमा प्रेरित रहेको बताइएको छ। विज्ञप्तिमा भनिएको छ, एसकेएम पार्टी हरेक प्रकारका अपमानजनक व्यवहार, मानहानी, दुर्व्यवहार र समाजिक सञ्जालको दुरुपयोगको दृढतापूर्वक विरोध गर्दछ। हामी सुरुदेखिनै ‘फेक आईडी’ र ‘कीर्ते पर्चा संस्कृतिको’ विरुद्धमा अडिग रहेका छौँ। हाम्रो सिद्धान्त पारदर्शिता, मर्यादा र जिम्मेवार संवादमा आधारित छ।

एसकेएम अनुसार, एसडीएफ शासनकालमा नै ‘फेक आईडी’ सञ्चालन, कीर्ते पर्चा वितरण, गलत सूचना फैलाउने र चरित्रहत्या गर्ने संस्कृतिको सुरुवात भएको कुरा जनताले राम्ररी बुझेका छन्। सीएपी पनि उही बाटोमा हिँडिरहेको छ र अहिलेका दिनमा ‘फेक आईडी’ र ‘मर्फ गरिएको भिडियो–फोटो’ मार्फत भ्रम फैलाउने कामको नेतृत्व गरेर जनतालाई भ्रममा पार्ने कोशिशमा लिप्त छ।

एसकेएमले भनेको छ, एसडीएफ सत्तामा हुँदा कसरी विपक्षी पार्टीहरूलाई ‘कीर्ते पर्चा’ र ‘फेक आईडी’मार्फत बदनाम गर्ने गर्थ्यो भन्ने जगजाहेर छ र आज पनि त्यो प्रवृत्तिलाई नछोड़ेको स्पष्ट देखिएको छ। आज पनि नारीहरूको चरित्र हत्या गर्ने कुत्सित प्रयास गर्ने एसडीएफ र सीएपीका नेताहरूले नै नारी सम्मान र अधिकारको कुरा गर्नु आफैँमा बेमेल बनेको छ। आजको एसडीएफ र सीएपीलाई न जनताको समर्थन छ, न नै कुनै ठोस मुद्दा । एसकेएम पार्टीको छवि धूमिल पार्ने प्रयास गर्नु नै उनीहरूको ‘ड्रामा राजनीति’ को एउटै उद्देश्य हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande