
कोलकाता, 25 अक्टोबर (हि. स.)। “‘जय श्री राम’ भन्नु के अब यस राज्यमा अपराध मानिँदैछ।? के राती आठ बजेपछि महिलाहरू बाहिर जानु अपराध हो?” भाजपा नेत्री अग्निमित्रा पालले सो गम्भीर प्रश्नहरू उठान गरेकी छन्।
शनिवार जारी एक बयानमा उनले लेखिन्, “के हिन्दू परंपरा अनुसार हाम्रो चाड़ औ धार्मिक अनुष्ठान मनाउनु अब अपराध भएको छ? के कुनै विशेष समुदायलाई खुशी राख्नको लागि यस राज्यका हिन्दू समाजबाट उनीहरूको विश्वास अनि सांस्कृतिक पहिचानलाई स्वतन्त्र रूपमा व्यक्त गर्ने अधिकारलाई खोसिँदैछ?”
अग्निमित्रा पालले आरोप लगाइन्, राजारहाटमा ‘आमरा कजन’ क्लबद्वारा आयोजित काली पूजाको विसर्जन शोभायात्रामा ि पुलिसले संगठनका सदस्यहरूलाई ‘जय श्री राम’ -को नारा लगाउँदा कुट्यो। उनले प्रश्न तेर्साइन्, के यो न्याय हो? के पुलिस अब कुनै विशेष समुदायको सेवा गर्ने औजार मात्र बनिसकेको छ? के यस राज्यका हिन्दूहरूलाई उनीहरूको धर्मलाई स्वतन्त्र रूपमा पालन गर्ने संवैधानिक अधिकारदेखि वञ्चित गरिँदैछ?
भाजपा नेत्रीले अझ भनिन्, पश्चिम बंगालले आज यस्तो अस्थिर स्थितिको सामना गरिरहेको छ जहाँ प्रशासन ‘जय श्री राम’ बोल्ने वा सुन्नेलाई पनि अपराध मान्दछ। के यही लोकतन्त्र हो? के यही ‘मुक्त बंगाल’- को वाचा थियो जहाँ धार्मिक स्वतन्त्रतालाई संवैधानिक अधिकारको रूपमा सुनिश्चित गरिएको थियो?
उनले स्पष्ट रूपमा भनिन्, ‘जय श्री राम’ भन्नु वा सुन्नु कुनै अपराध होइन जबकि यो गौरव, विश्वास र पहिचानको प्रतीक हो। कुनै पनि सरकारले भय, बल प्रयोग वा अधिकारहरूको हनन गरेर हिन्दू समाजलाई दमन गर्न सक्दैन। हामी प्रत्येक हिन्दूको धार्मिक स्वतन्त्रता, गरिमा अनि अधिकारहरूको रक्षाको लागि आफ्नो लड़ाईँलाई जारी राख्नेछौं। जय श्री राम!”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा