तृणमूल कार्यालयमा इञ्जीनियरिङ छात्रमाथि कुटपिट गरेको आरोप, पार्षदले आफूलाई निर्दोष देखाए
तृणमूल कार्यालयमा इञ्जीनियरिङ छात्रमाथि कुटपिट गरेको आरोप, पार्षदले आफूलाई निर्दोष देखाए


कोलकाता, 24 अक्टोबर (हि.स.)। पश्चिम बंगालको मालदा ज़िल्ला अन्तर्गत इंग्लिश बज़ार क्षेत्रमा एकजना इञ्जीनियरिङ छात्रमाथि कथित रूपमा तृणमूल कंग्रेसको स्थानीय पार्टी कार्यालयभित्र निर्दयतापूर्वक कुटपिट गरेको आरोप प्रकाशमा आएको छ। घटनालाई लिएर इंग्लिश बजार थानामा कतिपय मानिसहरूविरूद्ध लिखित सिकायत दर्ता गरिएको छ जसमा इंग्लिश बजार नगरपालिकाका चेयरम्यानकी पत्नीको नाम पनि सामेल छ।

पीड़ित छात्रको पहिचान संगबिद गोस्वामीको रूपमा भएको छ जो कोलकातामा प्रथम वर्षको इञ्जीनियरिंग छात्र हुन् भने मालदा शहरको कुट्टिटोला क्षेत्रका निवासी हुन्। उनका पिता काजल गोस्वामी विश्व हिन्दू परिषदका सदस्य हुन् साथै जिल्लामा भाजपाको संगठनात्मक कार्यसित जोड़िएका छन्।

सिकायत अनुसार गत बिहीवार राती संगबिद आफ्ना केही साथीहरूसित वार्ड नम्बर-8 स्थित रामकृष्ण मिशन नजिक बातचित गरिरहेका थिए, यसै अवधि केही मानिसहरूले तिनलाई कलरमा समातेर बलजफ्ती तृणमूल कंग्रेसको पार्टी कार्यालयमा तानेर लगे। आरोप छ, त्यहाँ कथित रूपमा वार्डकी तृणमूल पार्षद काकली चौधरी जो पूर्व मन्त्री औ इंग्लिश बज़ार नगरपालिकाका चेयरम्यान कृष्णेन्दु नारायण चौधरीकी पत्नी हुन,- को निर्देशमा छात्रमाथि कुटपिट गरियो।

हमलामा छात्रको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ। सूचना पाउनसाथ उनका पिता काजल गोस्वामी पुलिससितै घटनास्थलमा पुगे अनि रगताम्मे अवस्थामा छोरालाई बचाएर अस्पतालमा पुऱ्याए। हाल छात्रको उपचार भइरहेको छ।

अर्कोतिर पार्षद काकली चौधरीले आफूमाथि लागेका सबै आरोपहरूलाई अस्वीकार गरेकी छन्। उनले भनिन्, “म घटनाको जानकारी पाएपछि मात्र घटनास्थलमा पुगेकी हुँ र म छात्रलाई बचाउनकै लागि त्यहाँ गएकी थिएँ। मविरूद्ध लगाइएको आरोप पूर्ण रूपले झुटो छ।”

चेयरम्यान कृष्णेन्दु नारायण चौधरीले पनि सिकायतलाई “मनगढ़न्त” बताउँदै त्यसलाई राजनीतिक षड़न्त्र बताए।

मालदाका पुलिस अधीक्षक प्रदीप कुमार यादवले शनिवार बिहान बताए, सिकायतको आधारमा कानूनी कारबाही गरिँदैछ साथै सम्पूर्ण मामिलाको जाँच शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande